गान्तोक: केन्द्रिय गृह तथा सहकारी मन्त्री अमित शाह एक दिवसीय भ्रमणपछि सिक्किमबाट फर्किए। शाह राजधानी गान्तोकमा आयोजित कार्यक्रममा सहभागी बनेपछि असमका लागि प्रस्थान भए।
केन्द्रिय गृह तथा सहकारी मन्त्री शाह सहकारी दुग्ध सम्मेलनमा भाग लिए आज सिक्किम आएका थिए। राजधानीको मनन केन्द्रमा आयोजित सम्मेलनमा मुख्यमन्त्री प्रेमसिंह तामाङ, मन्त्रीगण, विधायकगण तथा अन्य गणमान्य व्यक्तिहरू उपस्थित थिए।









