घाइते अजिङ्गर उद्धार

c9999f6d-8960-4408-bbdc-69ac3f23a725

कालचिनी – एउटा घाइते अजिङ्गरलाई गाउँबीचमा देख्दा आज भाटपाड़ा चियाबारीको नीचे लाईनमा खैलाबैला मच्चिएको थियो। प्राप्त जानकारीअनुसार आज बिहान भाटपाड़ा चियाबारीको नीचे लाईनमा एकजना श्रमिकको घरको सागबारीमा लगाईएको जाली फ्यान्सिङमा एउटा अजिङ्गर फसेको देख्दा गाउँलेहरूमाझ हल्लाखल्ला मच्चिएको थियो भने उक्त अजिङ्गरलाई हेर्न गाउँलेहरूको भीड़ जमेको थियो। गाउँलेहरूले यसको जानकारी कमान प्रबन्धनपक्षलाई दिएपछि कमान प्रबन्धनपक्षले बन विभागलाई यसको सूचना दिएको थियो।

घटनास्थलमा पाना रेञ्जका बनकर्मीहरू आएर उक्त घाइते अजिङ्गरलाई सकुशल उद्धार गरेर लगेको थियो भने उपचार गरेर उक्त अजिङ्गरलाई जङ्गलमा छोड़िएको बन विभागले जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement