सिक्किम आइपुगे केन्द्रीय गृहमन्त्री अमित शाह

केन्द्रीय गृहमन्त्री अमित शाह l फाइल फोटो

गान्तोक: केन्द्रीय गृह तथा सहकारिता मन्त्री अमित शाह शुक्रबार सिक्किमको राजधानी गान्तोकमा छन्। गृहमन्त्री शाहको यो तीन दिने भ्रमण हो। केन्द्रीय गृहमन्त्रीले आज पूर्वी र उत्तर-पूर्वी क्षेत्र डेयरी सहकारी सम्मेलन २०२२ को उद्घाटन गरेका छन्। यस क्रममा अमित शाहले करिब ७० प्रतिशत दूध असंगठित रूपमा बजारमा जाने गरेको बताए। ‘अव्यवस्थित बजारमा जाँदा किसानले उचित मूल्य पाउँदैनन्। असंगठित दूध बजारमा जाने ७० प्रतिशतलाई २० प्रतिशतमा झार्ने चुनौती हाम्रा लागि हो। यसका साथै उनले सहकारीमार्फत देशका किसान, कारागीर, मत्स्यपालन, आदिवासी जनजातिलाई सशक्तीकरण गर्ने काम गर्नुपर्ने र त्यसका लागि सहकार मन्त्रालयसँग छलफल गर्नुपर्ने छ’, उनले भने। हालसम्म सहकारीलाई कृषि विभागका सहसचिवले सञ्चालन गर्दै आएका छन्। गृहमन्त्री अमित शाहले गान्तोकको राजभवनमा सरदार वल्लभभाई पटेलको प्रतिमाको उद्घाटन गरे। सो अवसरमा राज्यपाल गंगा प्रसाद पनि उपस्थित थिए।

यसैबीच, भारतीय जनता पार्टीका राष्ट्रिय अध्यक्ष जेपी नड्डा पनि यस क्षेत्रमा पार्टीको सबैभन्दा ठूलो कार्यालयको उद्घाटन गर्न शुक्रबार उत्तरपूर्वी क्षेत्रमा पुग्नेछन्। राज्य भाजपा कार्यालयको उद्घाटनमा मुख्यमन्त्री हिमन्त विश्व शर्मा र केन्द्रीय मन्त्री सर्वानन्द सोनोवाल र धेरै ठूला नेताहरू उपस्थित हुनेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement