गेरुवा रंगले बनाइएको शिविरमा सेतो र नीलो रंगको कपडाले ढाकीदिएकोमा भाजपाले गर्यो विरोध

IMG_20221007_182012.jpg

सिलगढी: पुजाको अवधिमा भारतीय जनता पार्टीका सदस्यगणले हाशमी चौकमा एउटा शिविरको आयोजना गरेको थियो।गेरुवा रंगको कपडाले निर्माण शिविरमा भाजपाले फ्लैक्स र झण्डाहरु लगाएका थिए। आज सन्ध्यामा सिलगढीमा कार्निभल शुरु हुन गइरहेको छ। भाजपाले आरोप लगाउँदै बताएका छन् कि सो गेरुवा कपडा मास्तिर नीलो र सेतो कपडाले ढाकी दिएको छ।यसको उनीहरुले विरोध जनाएका छन्। भाजपाले थप आरोप लगाउँदै बताएका छन् कि प्रशासनले बलपुर्वक यो कार्य गरेको हो।भाजपाको तर्फबाट सिलगढी थानामा यसको जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement