जीटीए कर्मचारी संगठनको विभिन्न मागहरु लिएर सभा सम्पन्न

IMG-20260302-WA0054

खरसाङ: विभिन्न मागहरु र विभिन्न विषयमा जीटीए कर्मचारी संगठनको सभा खरसाङको गिध्द पहाडस्थित जीटीएको शाखा सचिवालयमा सभा सम्पन्न भएको छ। उक्त सभा सुदेश थापाको अध्यक्षतामा सम्पन्न भएको छ। सभामा जीटीए कर्मचारी संगठनको केन्द्रीय उप सभापति रबि तोलङ्गी, खरसाङ महकुमा समितिको सचिव बिजय प्रधान, कोषाध्यक्ष दिनेश तामाङ, कार्यकारी सदस्य राजेस प्रधान र मनिष प्रधान लगायत अन्यहरु उपस्थित रहेका थिए। सभामा जीटीए कर्मचारी संगठनको विविध मागहरु विषयमा चर्चा परिचर्चा गरिएको छ भने गत केही समय अघि कोलकाता गएको विषयमा जानकारी गराइएको छ। यसको साथै जीटीए कर्मचारी संगठनको विविध मागहरु र विभिन्न समस्याहरु जीटीए प्रमुख अनित थापाको सहयोग र अगुवाईमा समाधान हुने आशा व्यक्त गरिएको जानकारी प्राप्त भएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै जीटीए कर्मचारी संगठन खरसाङ महकुमा समितिको सचिव बिजय प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement