सिलगढी: आज साँझ ६ बजीदेखि सिलगढीमा कार्निभल शुरू हुने भएको छ। यसोसले गर्दा आज बिहानैदेखि युद्ध स्तरमा अन्तिम चरणको तयारी चलिरहेको थियो। हासमी चोकबाट कार्निभलको शोभायात्रा शुरू भएर महात्मा गाँधी मोडमा पुगेर समापन हुनेछ। यहाँ एउटा रङ्गारङ्ग कार्यक्रमको आयोजना गरिनेछ। यसको तयारीको निरीक्षण गर्नको लागि आज बिहानैदेखि सिलगढी नगरनिगमका मेयर गौतम देव त्यहाँ उपस्थित थिए। यसैगरी, सिलगढी सहरको विभिन्न सडकहरूको पुलिस कमिश्नर अखिलेश ‘कुमार चतुर्वेदीले निरीक्षण गरे। डीसीपी ट्राफिक र अन्य पुलिस कर्मीहरूलाई साथमा लिएर तिनले आज बिहान महात्मा गाँधी मोडको निरीक्षण गरे। डीसीपी ट्राफिक अभिषेक गुप्ताले बताएअनुसार आज साँझ ४ बजीदेखि शहरको विभिन्न सडकहरूमा वाहनहरूको चलाचलमा नियन्त्रण गरिनेछ। विशेष गरेर हिलकार्ट रोड, विधान रोडमा वाहनहरूको चलाचलमा रोक लगाएर अन्य सडक भएर वाहनहरू चलाचल गर्ने तिनले बताए।








