अलिपुरद्वार: फालाकाटा खण्डको जलेश्वर अलीनगरको एउटा पुजा मण्डपमा एउटा युवकको मृतदेह झुण्डिएको अवस्थामा फेला पारेपछि सनसनी फैलिएको छ। प्राप्त जानकारी अनुसार मृतक व्यक्ति राजु दासको रुपमा चिन्हित गरिएको छ। मृतदेह देखेपछि स्थानीय मानिसहरूले नजिकको पुलिस चौकीमा खबर दिए। खबर प्राप्त गरेपछि पुलिसले आएर सो मृतदेह पोस्टमार्टमको लागि पठाइयो।पुलिस यस घटनाको मामिलाको सत्यार्थ प्राप्तिको लागि जाँचमा लागेका छन्।








