मिरिक: गाेर्खा जनमुक्ति माेर्चा मिरिक महकुमा समितिले पार्टी कार्यालयमा शुक्रबार पार्टीकाे पन्ध्रौं स्थपना दिवस पालन गर्याे। गाेजमुमाे मिरिक महकुमा उपाध्यक्ष विजय लेप्चाकाे अध्यक्षता अनि सियाेक गाेपालधारा ओकाइटी समष्टिका साँगठनिक सचिव अर्पण राईकाे संचालनमा पालन गरिएकाे गाेजमुमाेकाे स्थपना दिवस पालन कार्यक्रममा नारी माेर्चा केन्द्रीय साँगठनिक सचिव ललिता छेत्री, गाेजमुमाे मिरिक महकुमा सह सचिवहरू छेवाङ तामाङ, माेहन तामाङ, मिरिक थर्बु डुप्टिन समष्टि सचिव रामचन्द्र राई, महकुमा सदस्य पुनम तामाङ, याेगेन गुरूङ आदि उपस्थित थिए। कार्यक्रममा सर्वप्रथम केट काटियाे भने स्थपना दिवसबारे सियाेक गाेपालधारा ओकाइटी समष्टिका साँगठनिक सचिव अर्पण राईले विस्तृत जानकारी गराँउदै अगल राज्य गाेर्खाल्याण्डकाे एक मात्र लक्ष्य बाेकेर सात अक्टाेबर २००७ मा गाेेर्खा जनमुक्ति माेर्चाकाे स्थपना पार्टी अध्यक्ष बिमल गुरूङले गरेकाे बताए।तिनले गाेजमुमाे आफ्नाे जाति र पार्टीकोलागि इमान्दर रहेकाे दाबी गर्दै आज पनि पार्टीकाे एउटै लक्ष्य र मुद्दा अलग राज्य गाेर्खाल्याण्ड नै रहेकाे बताए।तिनले पहाडमा जति नै राजनैतिक दलहरूकाे गठन भएपनि जातिकाे उत्थान गर्ने एक मात्र पार्टी गाेजमुमाे रहेकाे बताए।अर्का वक्ता छेवाङ तामाङले पनि पार्टीकाे स्थपना र यसकाे उदेश्यबारे जानकारी गराए भने महकुमा उपाध्यक्ष विजय लेप्चाले साँगठनिक गतिविधिबारे प्रकाश पारे।








