खेलकुदमा प्रतिबद्धता र समर्पणको प्रशंसा
गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज माइनिङ क्रिकेट मैदानमा सिक्किम क्रिकेट एसोसिएसनका युवा खेलाडीहरूसँग समय बिताउँदै उनीहरूका अनुभव र खेलप्रतिको समर्पणको प्रशंसा गरेका छन्।
कार्यक्रमको क्रममा मुख्यमन्त्री तामाङले खेलाडीहरूको लागि भोजन तयार गरे र उनीहरूसँग अन्तरक्रिया पनि गरे। यस अवसरमा उनले युवा प्रतिभाहरूसँग भेट पाउँदा ठूलो सन्तोष व्यक्त गर्दै यो भेटलाई अविस्मरणीय अनुभव भएको बताए।
मुख्यमन्त्रीले खेलाडीहरूका खेलप्रति प्रतिबद्धता, अनुशासन र समर्पणलाई विशेष रूपमा उच्च मूल्याङ्कन गर्दै तृणमूल स्तरमा युवालाई प्रोत्साहित गर्नुपर्ने आवश्यकतामा जोड दिए। उनले खेलाडीहरूले देखाएको समर्पणले सिक्किममा खेलकुदको सकारात्मक सम्भावनालाई प्रष्ट संकेत गरेको उल्लेख गरे।
साथै मुख्यमन्त्री तामाङले युवा खेलाडीहरूको विकासका लागि सरकार प्रतिबद्ध रहेको र सम्पूर्ण राज्यभरि खेलकुद संस्कृतिलाई सुदृढ पार्ने योजनामा निरन्तर कार्य भइरहेको पुनः पुष्टि गरे।









