सोनादामा अण्डर १५ विन्टर फुटबल कोचिङ क्याम्पको समापन

IMG-20260301-WA0093

सोनादा: सोनादा उच्चत्तर माध्यमिक विद्यालयको आयोजनामा अण्डर १५ विन्टर फुटबल कोचिङ क्याम्पको समापन कार्यक्रम सम्पन्न भएको छ। यस अण्डर १५ विन्टर फुटबल कोचिङमा कोचको रुपमा बुध्द राई, दोर्जी तामाङ, रहेका थिए‌। उक्त अण्डर १५ विन्टर फुटबल कोचिङ गत १५ दिसम्बर २०२५ देखि शुरु भएर आज एक कार्यक्रमबीच समापन गरिएको छ। यस समापन कार्यक्रममा प्रमुख अतिथिको रुपमा सोनादा उच्चत्तर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक कल्याणकुमार तामाङ उपस्थित थिए भने विशिष्ट अतिथिहरुमा वर्तमान प्रधान अध्यापिका विन्ध्या प्रधान, समाजसेवी सुमेस तामाङ, आइता सिंह तामाङ लगायत अन्यहरु उपस्थित रहेका थिए। सुदिप प्रधानले सञ्चालन गरेको कार्यक्रममा कोचिङ क्याम्पमा सहभागी विद्यार्थीहरूलाई प्रमाण पत्र, फुटबल, जर्सी, बुट, ट्रफी आदि अतिथिहरुका बाहुलीबाट प्रदान गरिएको छ। यसको साथै गत केही दिन अघाडी बालासनमा आयोजना गरिएको अण्डर १५ फुटबल टुर्नामेन्टमा विद्यालयका विद्यार्थीहरु फाइनलमा जीत हाँसिल गरेकोमा सबैलाई उपहार प्रदान गरिएको छ। यस कार्यक्रममा कोच बुध्द राईले सम्बोधन गरेका थिए। उनले आफ्नो सम्बोधनमा भने, विद्यालयको अर्थ र उद्देश्य विद्यार्थीलाई शिक्षित बनाउनु मात्र होइन अपितु विद्यार्थीलाई सक्षम, योग्य र आत्मविश्वासी पनि बनाउनु हो। शिक्षा ग्रहण गर्ने विद्यार्थी शिक्षासँगै समाज, जाति र देशको हितमा असल कार्य गर्नु र आफू अनुशासित बनेर समाजलाई अनुशासनमा डोहोरयाउनु हो। यसको साथै आजका बालबालिका तथा युवाहरू मोबाइल एवम् सामाजिक सञ्जालको दुरुपयोगमा लत लगाइरहेकोले उनीहरूलाई यी सबै कुराहरूबाट टाढा राखेर शारीरिक अनि मानसिकरूपमा स्वास्थ्य राख्नु हो। यही उद्देश्य लिएर सोनादा उच्चत्तर माध्यमिक विद्यालयको आयोजनामा अण्डर १५ विन्टर फुटबल कोचिङ जारी रहेको छ।’
उनले अघि भने, आजको युवा कस्तो कुलतमा फसेको छ वा कुमार्गतिर लम्किरहेको छ भन्ने विषयमा विशेष सचेतना फैलाउन र युवाहरूलाई सही दिशानिर्देश गर्न विद्यालयले यस अण्डर १५ विन्टर फुटबल कोचिङको आयोजना गरेकोे हो।’
कार्यक्रमलाई कल्याणकुमार तामाङ, बिन्ध्या प्रधान, सुमेस तामाङ‌ आदिले सम्बोधन गरेका थिए। यस अण्डर १५ विन्टर फुटबल कोचिङको उद्देश्य नानीहरुलाई मोबाइल फोन र ड्रग्सबाट टाड़ा राखेर खेलकूदमा ध्यानाकर्षण गराउनु रहेको बताइएको छ।

About Author

Advertisement