खरसाङ: तीनधारेमा शास्त्रीय संगीत र लोक नृत्य प्रशिक्षण केन्द्र शुरु गरिएको छ। तीनधारेकी नृत्य प्रशिक्षक अरुणा छेत्री सुन्दासको प्रशिक्षणमा स्थानीय नानीहरुलाई तीनधारेमा नै शास्त्रीय नृत्यको साथमा जातीय लोक नृत्य पनि प्रशिक्षण दिइने भएको छ। उक्त शास्त्रीय नृत्य र लोक नृत्य प्रशिक्षणको लागि तीनधारेमा झंकार नृत्य कुञ्ज शुरु गरिएको छ। तीनधारेको होटल गैरीमा शुरु गरिएको उक्त झंकार नृत्य कुञ्ज शुरुमा ७-८ जना नानीहरुलाई लिएर शुरु गरिएको छ। तीनधारेमा संगीतकार यादव गजमेरको अगुवाईमा संगीतमा रुचि राख्ने नानीहरुलाई गिटार र किबोर्ड प्रशिक्षण दिने कार्य गरिरहेका थिए भने अहिले तीनधारेमा अरुणा छेत्री सुन्दासको प्रशिक्षणमा शास्त्रीय र लोक नृत्य प्रशिक्षण केन्द्र ‘झंकार नृत्य कुञ्ज’ नाम गरेर सञ्चालन शुरु गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै प्रशिक्षक अरुणा छेत्री सुन्दास र संगीतकार यादव गजमेरले विस्तृत रुपमा जानकारी गराएका छन्।









