पाकिम: आज राष्ट्रीय सहकारी प्रशिक्षण परिषद (एनसीसीटी)का सचिव मोहनकुमार मिश्र सिक्किम आइपुगेका छन्। राजधानीको मनन केन्द्रमा शुक्रवार आयोजन हुने राष्ट्रिय दुग्ध सम्मेलनमा भाग लिन अधिकारीहरू सिक्किम आएका हुन्।
उक्त सम्मेलनको आयोजना एनसीडीएफआईले सिक्किम दुग्ध उत्पादक संघको सहयोगमा गरिरहेको छ। सम्मेलनमा केन्द्रिय सहकारी मन्त्री अमित शाहको विशेष उपस्थिति रहने बताइएको छ। अधिकारीलाई रम्फूमा सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाएका थिए।









