दार्जिलिङ प्रेस गिल्डको २५औं स्थापना दिवस समारोह सम्पन्न

IMG-20260228-WA0102

दुईजना फ्रेण्डस् अफ् प्रेस सम्मानले सम्मानित

दार्जिलिङ: दार्जिलिङका पत्रकारहरुका संस्था दार्जिलिङ प्रेस गिल्डको २५औं स्थापना दिवस साहित्य सम्मेलन भवन दार्जिलिङमा सम्पन्न भएको छ। उक्त स्थापना दिवस कार्यक्रम प्रेस गोल्डकप अध्यक्ष एवं पत्रकार दिप गजमेरको अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चेयरम्यान अञ्जुल चौहानको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा जीटीएको डेपुटी चेयरम्यान राजेस चौहान, सभासद जितेन राई, जीवन बान्तावा, भरत ॐप्रकाश राई लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरु उपस्थित रहेका थिए। अनिल विश्वकर्मले सञ्चालन गरेको कार्यक्रममा स्वागत सम्भाषण प्रेस गिल्डको सचिव आदित्य रायाले राखेका थिए। कार्यक्रममा वरिष्ठ पत्रकार एवं प्रेस गिल्डको कोषाध्यक्ष मोहन लामाले दार्जिलिङ प्रेस गिल्डको २५ वर्ष को इतिहास, दार्जिलिङ प्रेस गिल्डको नाम राखिएको विषय लगायत पत्रकारिताको अनुभवहरु विषयहरुमा वक्तव्य राखेका थिए। कार्यक्रमको शुरुमा दार्जिलिङ प्रेस गिल्डको थिम गीत प्रस्तुत गरिएको थियो। यसै कार्यक्रममा फ्रेण्डस् अफ् प्रेस नाम गरेर दुईजनालाई सम्मान पनि गरिएको छ। यस अवसरमा फ्रेण्ड्स अफ् प्रेस विषयमा पूर्व सचिव एवं पत्रकार बिनय शंकरले सम्बोधन गर्दै यसपाली फ्रेण्ड्स अफ् प्रेस भनेर सम्मान गरिएको दुईजनाको नाम घोषणा गरेका थिए।

यस अवसरमा दार्जिलिङको सिंहमारी निवासी जेसिन जोशी र पत्रकार कुन्दन (पासाङ) यल्मोलाई यसपालीको फ्रेण्डस् अफ् प्रेस सम्मानले सम्मानित गरिएको छ। यस अवसरमा दुवैलाई प्रेस गिल्डका सभापति र सचिव अनि अतिथिजरुका‌ बाहुलीबाट टोपी पहिराएर साथै शल‌ ओढाएर अनि स्मृति चिन्ह र सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको चेयरम्यान अञ्जुल चौहानले आफ्नोे सम्बोधनमा पत्रकारिता गर्नु च्यालेञ्ज हो र सबैले‌ गर्न सक्दैन भन्दै पत्रकारहरु देशको चौथो स्तम्भ पनि बताए। उनले आफ्नो सम्बोधनमा भने, पत्रकारहरुले राजनीतिक, सामाजिक, शैक्षिक, जाति र माटोको परिप्रेक्ष्यमा होस् सबैमा बाटो देखाउने काम गर्दछन्। अरुलाई मार्गदर्शन गर्नु सानो कुरा होइन। पत्रकारहरुले आफ्नो निर्वाह गर्दै सत्य कुरा जनसाधारण समक्ष राख्नुपर्छ।’


चौहानले अघि भने, भूल भएको बेला लाखेस गर्ने क्षमता, आँट र साहस पत्रकारहरुमा हुनुपर्छ। जातिको पथ प्रदर्शक भएर पत्रकारहरु अघि बढेको होस्।‌हामी सत्तामा भए पनि पत्रकारहरुको काम र विचारको स्वतन्त्रतालाई सुरक्षा गर्ने हस्तक्षेप नगर्ने वाचा गर्दछु। चोखो र निष्पक्ष पत्रकारिता लागि सदैव कामना राख्दछु।’
जीटीए चेयम्यान अञ्जुल चौहानले पाद्री गङ्गाप्रसाद प्रधानलाई सम्मान गर्दै परिवारलाई सम्मान जनाएकोमा दार्जिलिङ प्रेस गिल्डलाई धन्यवाद दिएका छन्। उनले पाद्री गङ्गाप्रसाद प्रधानलाई आदि पत्रकारको रुपमा आधिकारिक रूपमा घोषणा गर्न दार्जिलिङ प्रेस गिल्डले‌ भूमिका निर्वाह गर्नुपर्छ भनी बताएका छन्। कार्यक्रममा त्रिवेणी संगीतालयका नानीहरुले नृत्यहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा धन्यवाद ज्ञापन साथै अध्यक्षीय सम्बोधन प्रेस गिल्डका सभापति दिप गजमेरले राखेका थिए।

About Author

Advertisement