राष्ट्रिय दुग्ध सम्मेलनमा भाग लिन अधिकारीहरू सिक्किममा

IMG_20221006_232412.jpg

पाकिम: आज राष्ट्रिय दुग्ध विकास बोर्डका चेयरम्यान मीनेश शाह, सहकारी मन्त्रालयका सचिव ज्ञानेश कुमार र राष्ट्रिय दुग्ध विकास बोर्डका वरिष्ठ प्रबन्धक डा. श्याबास्ची रोय सिक्किम आइपुगे। राजधानीको मनन केन्द्रमा भोलि आयोजन हुने राष्ट्रिय दुग्ध सम्मेलनमा भाग लिन अधिकारीहरू सिक्किम आएका हुन्।
उक्त सम्मेलनको आयोजना एनसीडीएफआईले सिक्किम दुग्ध उत्पादक संघको सहयोगमा गरिरहेको छ। अधिकारीहरूलाई रम्फूमा सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement