मुबई: मुम्बई एयरपोर्टमा एक यात्रीबाट राजस्व खुफिया निदेशालयको टिमले १६ किलोग्राम हेराइन जफत गरेको छ।यसरी पक्राउ गरेको हेरोइनको दाम अन्तराष्ट्रिय बजारमा ८० करोड रूपियॉं बताइएको छ। डीआरआईको टीमले पक्राउ गरेको व्यक्ति केरला निवासी बीनू पलसॅंग सोधपुछ गरिरहेको छ।डीआरआई सूत्रहरू अनुसार, १६ किलोग्राम हेरोइनका साथै एक व्यक्ति मुम्बई एयरपोर्टमा आएको सूचना प्राप्त भएको थियो। यस जानकारीको आधारमा डीआरआईको टीमले बुधवार अबेर राति एक यात्रीलाई जॉंचको निम्ति रोक्यो र उसको झोलाको जॉंच गर्यो। उक्त व्यक्तिको ब्यागबाट हेरोइन भेटियो।डीआरआई अनुसार, पक्रा पर्ने व्यक्तिको नाम बीनू पल हो र उनी केरला निवासी हुन्। एक विदेशी नागरिकले उनलाई यो हेरोइन भारत लैजान कमीशनको रूपमा एक हजार अमेरिकी डलर दिएका थिए। बीनू पलले आफ्ना अन्य सहयोगीहरूको नाम पनि जॉंच टीमलाई बताएका छन्। पलले दिएको जानकारीको आधारमा डीआरआईको टीम जॉंचमा जुटेको छ।









