खरसाङ: कार्यक्रममा जीटीए प्रमुख अनित थापाले आफ्नो सम्बोधनमा भने, तीनधारेमा नयाँ स्कूल भवन र तीनधारेको गोलाई पाखामा सार्वजनिक भवन निर्माणको लागि शिलान्यास गरिएकोमा तीनधारेबासीलाई बधाई दिएका छन्। उनले तीनधारेमा अझैं विकासको कार्यहरु गर्न बाँकी नै रहेको छ। स्कूल भवनको लागि प्रधान अध्यापिका र शिक्षिकाहरुले धेरै पहल गरे अनि धैर्य पनि राखेकोले आज पूरा भएको छ। तर विद्यालयमा विद्यार्थीहरु कम हुनु दु:खलाग्दो स्थिति हो। तीनधारेमा जनसङ्ख्या कम हुँदै गएको छ। तीनधारेमा घरहरु खाली हुँदैछ र हाम्रो जाति पनि घट्दै जाँदैछ।’
अनित थापाले अघि भने, 2017 देखि पहाडमा शिक्षामा उन्नति भईरहेको छ। शान्तिपूर्ण माहोल सिर्जना भएको छ। तीनधारे क्षेत्रमा नै डब्ल्युबीसीएस परीक्षा ए ग्रेडमा उत्तीर्ण गरेर उदाहरण बनेका छन्। पहाडमा माहोल शान्ति छ।म सरकारसित मिलेर काम गरिरहेको छु। मेरो कसैसित झगडा छैन। म सरकार चलाउने व्यक्ति हो। हामी बंगालमा बस्छौँ र बंगालकै मान्छेलाई जिताउनु आवश्यक हुन्छ। तर हाम्रोमा राजनीतिक सचेतना हुन आवश्यक छ। तीनधारेले जसलाई जिताएर पठायो उसले फर्केर आएर धन्यवाद भन्नु पनि आएन अनि तपाईहरुले खोज्नु पनि भएन। तर खोज्दा पाउनेलाई नै भोट दिएको राम्रो हो। नत्र तीनधारेले दु:ख पाउँछ।’
थापाले अझ भने, ‘मेरो आफ्नो समयमा तीनधारेमा दुईवटा स्कूल भवन बनिने भएको छ।एउटा भवन बनिएको छ तर स्कूल सरेको छैन। अब उक्त भवनमा माथिल्लो स्कूल त्यहाँ सार्नेछु।’
अनित थापाले अझ भने, तीनधारेले सीधा, सोझो, विश्वासिलो, इमान्दार र काम गरिरहने सभासद पाएको छ। ४५ वटै समष्टिमा यस्तो सभासद देखेको छुइन।









