खरसाङ: खरसाङ नगरपालिकाको वार्ड नम्बर ६ बुथ नम्बर २०२ अन्तर्गत चौथले बस्तीमा बुथ कमिटी गठन गर्नुको निम्ति सर सल्लाह टाउन कमिटी उपाध्यक्ष तथा वार्ड सचिव संजय मुखियाको अगुवाईमा सभा सम्पन्न भयो। सभामा भागोप्रमो नारी शक्ति महकुमा सभापति तथा नगरपालिका क्षेत्र चुनाव प्रभारी सबिता कार्की, टाउन कमिटी मूल सचिव बिरबल पाखरीन, कार्यकारिणी सदस्यहरू बिजय गुरुङ र नब्बु राउत उपस्थित थिए। सभालाई संजय मुखिया,बिरबल पाखरीन र सबिता कार्कीले सम्बोधन गरे।त्यसरी नै खरसाङ नगरपालिका अन्तर्गत वार्ड नम्बर ४ को बुथ नम्बर २४/१८९ को निम्ति “पानी निरीक्षण समिति”गठन गरियो।सभापति महेश प्रधान, उपसभापति बलराम छेत्री, सचिव किशोर सुब्बा,सह सचिव श्रृषि राई, कोषाध्यक्ष राम प्रधान,सह कोषाध्यक्ष धर्मशेश राई, संयोजक सहदेव चामलिङ र गङाराम खवास अनि अन्य सदस्यहरूको चयन गरियो। जीटीए मुख्य कार्यपाल अनित थापाको निर्देश अनुसार ताकि कुनै पनि वार्डको नागरिकले पानी वितरणमा नछुट्टीयोस भन्ने हेतुले यो कमिटी गठन गर्ने निर्देश दिएको बताइएको छ।

यस भेगमा वरिष्ठ अनि सजग व्यक्तित्वहरू मिलेर कमिटी गठन गरिएको यो पहिलो चोटी हो। कर्म नै हाम्रो सिद्धान्तको परिचय लाई आत्मासाथ गरेको कारण यस भेगका सजक नागरिकहरू प्रति पार्टीको पक्षबाट धन्यवाद ज्ञापन गरिएको जानकारी प्राप्त भएको छ।








