खरसाङ: विगत धेरै वर्षहरूमा झैं यस वर्ष पनि खरसाङ ट्राफिक गार्डको आयोजनाअनि लाइन्स क्लब खरसाङको सहयोगमा आज स्वेच्छा रक्तदान शिविरको साथमा आँखा जाँच शिविरको आयोजना गरिएको छ। उक्त शिविर खरसाङ रेलवे स्टेशनको पुरानो कार्यालयमा सम्पन्न गरिएको छ। यस शिविरमा धेरै चालक दाज्यू-भाईहरू, ट्राफिक गार्डका कर्मचारीगण लगायत अन्य साधारण व्यक्ति विशेषहरूले पनि स्वेच्छा अनुसार रक्तदान गरेका थिए। प्राप्त जानकारी अनुसार रक्तदान-महादानलाई आत्मसात गर्दै पचासभन्दा अधिक व्यक्तिहरूले रक्तदान गरेका छन्। यी संग्रहित रक्तहरूलाई म्यागनम ब्लड सेन्टरमा जाँच गरिने अनि सकिठ रक्तहरूलाई आवश्यक परेका अविसरलाई दिइने जानकारी प्राप्त भएको छ।

यसरी ने रक्तदान शिविरको साथ आँखा जाँच शिविरको पनि यहि परिसरमा आयोजना गरिएको थियो भने मानिसहरू आएर आ-आफ्नो आँखा जाँच गराएका थिए। जाँचपछि ती मानिसहरूलाई लाइन्स क्लबद्वारा एटा सामान्य शुल्कमामा चश्मा पनि दिइएको छ। यस अवसरमा पत्रकारहरुलाई सम्बोधन गर्दै खरसाङ ट्राफिक पुलिस प्रभारी विकास चामलिङले विस्तृत रुपमा जानकारी गराएका छन्।








