कालचिनी: बुधबार बिजय दशमीको राती हॉंसीमारा सुभाषिनी चियाबारी संलग्न ३१सी राष्ट्रिय राजमार्गमा एउटा मोटरबाइकलाई विपरीत दिशाबाट आईरहेको एउटा अज्ञात वाहनले धक्का दिँदा मोटरबाइकमा सवार व्यक्ति गम्भीर घाईते बनेको थियो भने स्थानीय प्रत्यक्षदर्शीहरूले घाईतेलाई उद्धार गरेर नजीकै हॉंसीमारा वायुसेना अस्पतालमा पुर्याएता पनि त्यहॉंबाट पुनः उत्तर लोथाबारी ग्रामीण अस्पतालमा पठाएको थियो भने उत्तर लोथाबारी ग्रामीण अस्पतालमा ल्याउँदा चिकित्सकहरुले उक्त मोटरबाइक सवारको मृत्यु भएको घोषणा गरेको थियो|
अस्पताल औ पुलिस सुत्रले बताए अनुसार उक्त मृतक व्यक्तिको परिचय निमती दोमोहनी क्षेत्र निवासी शुभदीप पाल उमेर २७ को रुपमा पाएको र आज पुलिसले मृतदेहलाई पोस्टमार्टमको निम्ति अलिपुरद्वार जिल्ला अस्पतालमा पठाएको जनाएका छन्|









