कोलम्बो: न्यूजील्याण्डविरुद्ध आईसीसी टी२० वर्ल्ड कपको सुपर ८ राउण्डको म्याचमा ६१ रनले पराजित भएर श्रीलंका ट्रफी जित्ने रेसबाट बाहिर भयो। बुधवार खेलिएको ग्रुप २-को म्याचमा यस रोमाञ्चक जीतको साथ न्यूजील्याण्ड चाहिँ सेमिफाइनलमा पुग्ने रेसमा कायम रह्यो। यस ग्रुपबाट ईंग्ल्याण्डले अगावै सेमिफाइनलमा स्थान बनाइसकेको छ। आजको म्याचमा जीत हासिल गरी न्यूजील्याण्ड २ वटा म्याचमा ३ पोइण्ट्सको साथ ग्रुप २-मा दोस्रो स्थानमा पुग्यो। यसरी श्रीलंकाले २ वटा म्याच खेलेर दुवै हारेको छ। आर प्रेमादासा स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै न्यूजील्याण्डले २० ओभरमा ७ विकेट गुमाएर १६८ रन बनायो। शीर्ष क्रमको हताशाजनक प्रदर्शनले गर्दा न्यूजील्याण्ड एक समय चरम संकटमा परेको थियो कारण एक समय ८४ रनमै ६ विकेटको पतन भइसकेको थियो। त्यहाँबाट कप्तान मिचेल सेण्टनर र कोल म्याककोञ्चीले सातौं विकेटको निम्ति ८४ रनको पार्टनरशीप गरी टीमलाई सम्मानजनक स्कोरसम्म पुऱ्यायो। सेण्टनरले २६ बलमा ४ वटा छक्का र २ वटा चौकाको सहायताले ४७ रन बनाए। यसरी म्याककोञ्चीले २३ बलमा ३ वटा चौका र २ वटा छक्काको सहायताले अविजित ३१ रन बनाए। यी दुई बाहेक रचिन रविन्द्रले २३ रनको योगदान दिए। त्यसपछि १६९ रनको लक्ष्यलाई पीछा गर्दै श्रीलंकाई टीमले २० ओभरमा ८ विकेट गुमाएर १०७ रन मात्र बनाउन सक्यो। केवल २९ रनमा ४ विकेटको पतनपछि श्रीलंकाले शीर उठाउन सकेन। कामिन्दु मेण्डिसले ३१ र दुनिथ वेल्लालेगेले २९ रन बनाए पनि कुनै फाइदा भएन। न्यूजील्याण्डका बलरहरूमा रचिन रविन्द्रले सर्वाधिक ४ विकेट हासिल गरे।









