जलाउने कुराले श्रमिकहरुलाई नै नोक्सान हुन्छ: सुनिल राई
सोनादा: रंगमुक सिडर्स चियाबारीको सिडर्स डिभिजनको कोठी जलेको विषयमा क्रामाकपा श्रमिक संगठनले श्रमिकहरूको सम्पत्ति नष्ट गर्ने कुतत्वहरूलाई पक्राउ गरेर कठोर सजाय दिनु पर्ने माग माग गरेका छन्। संगठनले यस घटनाको घोर भर्त्सना गरेको छ। यस विषयमा एक भिडियो जारी गर्दै क्रामाकपा श्रमिक संगठनको तर्फबाट सुनिल राईले बन्द रहेको रंगमुक सिडर्स चियाबारीको सिडर्स डिभिजनको कोठी मंगलवार राती जलेको विषयमा एक भिडियो जारी गर्दै भने,यो घटना अमानवीय र दु:ख लाग्दो घटना हो। किनभने यस्तो घटनाले भविष्यमा बगान खोलिन कठिन हुन सक्छ। चियाबारी तोडफोड, बगानको कागज पत्र सुरक्षा गर्नुपर्छ। कारखाना र कोठीहरुमा आक्रमण गर्नु निन्दनीय काम हो। यस्तो काम बगानतिर हुनु हुँदैन।’
सुनिल राईले अघि भने, श्रमिकहरुको कागज पत्रहरु सुरक्षित रहनुपर्छ। जलाउने कुराले श्रमिकहरुलाई नै नोक्सान हुन्छ। बगानको कारखाना, कोठी, चियाबारी हामी सबैको सम्पत्ति हो। जलाउने र नष्ट गर्ने कार्यले श्रमिकहरुलाई नोक्सान हुन्छ।’
उनले आरोपीलाई पुलिसले पक्राउ गरेर कडा सजाय दिनु पर्ने माग राखेका छन्।









