चार दिवसीय म्हाणी छ्योगा पूजाको भव्यरुपमा समापन

52b415a1-1a0d-4ea7-bd84-c3eadeacfce9


कालचिनी- गत ३ अक्टोबर अष्टमीको दिनबाट गंगुटिया चियाबारीस्थित सन् १९३६ सालमा स्थापित डुवर्सको अतिप्राचीन गुम्बा टॉंशी छ्योई कुन्सोलिङ गुम्बामा अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको आयोजना औ गुम्बा कमिटीको सहयोगितामा म्हाणी छ्योगा पूजाको आरम्भ भएको थियो भने आज उक्त पूजाको समापन भव्यरुपमा भएको जानकारी आयोजक कमिटीको पक्षबाट सचिव रीमा मंगर लामाले दिएकी छन्| आज उक्त चार दिवसीय म्हाणी छ्योगा पूजाको अन्तिम दिनमा अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको अध्यक्ष तथा बौद्ध धर्मगुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांगे ल्हुडोको पवित्र आगमन औ प्रवचन एवम् वाङ वितरणसितै पूजाको समापन भएको थियो| आज अन्तिम दिन पूजा समापनको अवसरमा मुख्य अतिथिको रुपमा कालचिनी विधायक विशाल लामा लगायत टॉंशी छ्योई कुन्सोलिङ गुम्बाको संस्थापक सदस्य स्व. सिङबीर लामाको नाती भूपेन्द्र लामा, संस्थापक सदस्य हरिदास लामाका परिवार सदस्यगण, लगायत समाजसेवी आकास लामा, सुशीला लामा, डिमा चियाबारीको प्रबन्धक दिपेन्दु नन्दी, बून इङ्गलिश स्कूलका चेयरम्यान पवन कुमार सिंह झॉं, प्रिन्सिपल ममता घिसिङ, एवम् अन्यान्य अतिथिहरूको विशेष उपस्थिति रहेको थियो|
कार्यक्रमको प्रारम्भमा धर्मगुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांगे ल्हुडोको उपस्थितिमा राष्ट्रिय झण्डा लगायत संघको झण्डा र धर्मचक्रको झण्डा उत्तोलन गरिएको थियो भने कार्यक्रमबीच गुम्बा कमिटीको पक्षबाट धर्मगुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांगे ल्हुडो लगायत टॉंशी छ्योई कुन्सोलिङ गुम्बाको संस्थापक सदस्यहरु स्व. एक्ले मुन्सी र सिङबीर लामाको परिवार सदस्यहरूलाई एवम् कालचिनीबाट दन्त चिकित्सक बनेकी डा.सुसाङ लामा थोकर साथै छात्रवृत्ति सम्वर्द्धना दीपशीखा लामालाई प्रदान गरिएको थियो| यस क्रममा टॉंशी छ्योई कुन्सोलिङ गुम्बामा आयोजित कार्यक्रमलाई हरेक समय सहयोगिता साथै सक्रियता जनाउँदै आइरहेको डा. सुदास लामा, प्रदीप लामा गोले, डा. सोनम लामा, शंकर लामा, अमित लामा लगायत अन्यान्य आफ्नै कर्मक्षेत्रमा स्थापित युवाहरुलाई अभिनन्दन जनाईएको थियो| कार्यक्रममा अखिल भारतीय महायाण बौद्ध म्हाणीपा संघको महासचिव आचार्य सांगे छोपेलद्वारा आउँदो बर्षको म्हाणी छ्योगा पूजा मदारीहाट खण्डको गरगन्डा चियाबारीमा हुने घोषणा पनि गरिएको थियो| अन्तिम समापन धर्मगुरु ख्येनछेन रेम्बोर्छे आचार्य सांगे ल्हुडोको पवित्र प्रवचन र वाङ वितरणसितै सम्पन्न भएको बताउँदै चार दिवसीय म्हाणी छ्योगा पूजा भव्यरुपमा सफल भएको र चाढ़बाढ़को बेला प्राणीमात्रको कल्याणको निम्ति यो पूजा सम्पन्न भएको आयोजक कमिटीको पक्षबाट अध्यक्ष श्यामा लामा र सचिव रिमा मंगर लामाले संयुक्त रुपमा जनाएका छन्|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement