महासप्तमी औ फूलपातीको उपलक्ष्यमा पुष्पन प्रधान सॉंझ सम्पन्न

444ec849-2c07-4568-8ecd-84ce4a68b560


कालचिनी- गत २ अक्टोबरको सॉंझ कालचिनी फूलपाती आयोजक कमिटीको आयोजनामा कालचिनी थाना मैदानमा प्रसिद्ध नेपाली संगीत जगतका गायक सेलिब्रिटी पुष्पन प्रधान सॉंझ भव्यरुपमा सम्पन्न भएको जानकारी सो आयोजक कमिटीको सचिव रञ्जित प्रधानले दिएका छन्|
अपरान्ह धुमधामसित फूलपाती शोभायात्रा निकालिएको थियो भने सॉंझ ८ बजीदेखि प्रसिद्ध नेपाली संगीत जगतका गायक सेलेब्रिटी पुष्पण प्रधानले सुमधुर संगीतको प्रस्तुति दिएर दर्शकहरूको मन जित्न सफल भएको थियो| मूलतः गायक सेलिब्रिटी पुष्पन प्रधान डुवर्सको छोरो भएको र तिनलाई सुन्ने धेरै नेपाली संगीतप्रेमीहरूको इच्छा रहेकोले पनि आफ्नो व्यक्तिगत प्रयास मात्र नभएर आयोजक कमिटीको साथीहरूको अथक परिश्रमले हाम्रो संगीत सेलिब्रिटी पुष्पन प्रधानलाई फूलपातीको दिन ल्याउन सफल भएको र यसै अवसरमा समाजका विभिन्न तप्कामा स्थापित व्यक्तिहरूलाई सम्वर्द्धना तथा अभिनन्दन प्रदान गरिएको रञ्जित प्रधानले जनाएका छन्|

About Author

Advertisement