विसर्जन लिएर सतर्कता अप्नाएर कालचिनी पुलिस प्रशासन र ब्लक प्रशासन सक्रिय

810a15b4-9026-4f94-a903-98f64e1f592f


कालचिनी- मालबजार घटनाको प्रकरण फेरि कतै नदोहोरियोस भन्दै दुर्गा पूजा विसर्जनलाई ध्यानमा राखेर कालचिनी ब्लक औ पुलिस प्रशासनले सतर्कता अप्नाएर बासरा नदीको बगरमा पूर्ण सक्रियता देखाएका छन्| आज पुलिस औ ब्लक प्रशासनको तत्परतामा बासरा नदीको बगरमा एनडीएमएसको सहयोगिता औ जेसीबी लगाएर विसर्जनको सुरक्षा व्यवस्था दुरुस्त गरिएको कालचिनी ब्लक प्रशासन र कालचिनी थाना सुत्रले जनाएका छन्| कुनै पनि दुर्घटना रोक्न प्रशासन तयार रहेको र यसको निम्ति बासरा नदीको बगरमा सुरक्षा व्यवस्था अप्नाएको कालचिनी थाना प्रभारी टीएन लामाले थप जनाएका छन्|
ज्ञात रहोस, बुधबार मालबजारमा विसर्जन हुँदा अचानक नदीको भेल बगेर आउँदा प्रायः ३० भन्दा अधिकलाई नदीले बेपत्ता बनाएको थियो भने ७ जनाले नदीमा ज्यान गुमाउन परेको थियो| सो घटनालाई मध्यनजर गर्दै कालचिनी पुलिस औ ब्लक प्रशासनको तत्परतामा विसर्जनको सुरक्षा व्यवस्था अप्नाएको बताईएको छ|

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement