मालबजारको घटनामा परेको पीडितहरुलाई आर्थिक सहयोग

नयॉं दिल्ली: बिहीवार पश्चिम बंगालको जलपाइगढीमा दुर्गा पूजा उत्सव अवधि दुर्घटनामा परेर मर्ने मानिसहरूको मृत्युप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुःख व्यक्त गरेका छन्। प्रधानमन्त्री मोदीले पीडितहरूको निम्ति प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट अनुग्रह राशि स्वीकृति प्रदान गरेका छन्।प्रधानमन्त्री कार्यालयको माध्यमद्वारा गरिएको ट्वीटमा प्रधानमन्त्री मोदीले भनेका छन्, पश्चिम बंगालको जलपाइगढी जिल्लाको मालबजारको माल नदीमा दुर्गा पूजा उत्सवपछि मुर्ति विसर्जनको क्रममा भएको दुर्घटनाले दुःखी छु। आफ्नो प्रियजनहरू गुमाउनेहरूप्रति मेरो समवेदना रहेको छ।” एउटा अन्य ट्वीटमा उनले भनेका छन्, पश्चिम बंगालको जलपाइगढीमा दुर्गा पूजा उत्सवको समय भएको दुखद दुर्घटनाका प्रत्येक मृतकका परिजनलाई पीएमएनआरएफद्वारा २ लाख रूपियॉं प्रदान गरिने छ। प्रत्येक घाइतेलाई ५० हजार रूपियॉं प्रदान गरिने छ।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement