कोलकाता: विजयादशमी अर्थात बुधबार महानगरका तीनवटा घाटमा १३ सयभन्दा बढी दुर्गाका मूर्ति विसर्जन गरिएको छ। अधिकांश विसर्जन ग्वालियर घाटमा भएको थियो। दशमीको अबेर रातिसम्म यहाँ करिब ७५६ मूर्ति विसर्जन गरिएको थियो। सोही क्रममा बाजे कदमतल्ला घाटमा ४ सय ५१ मूर्ति विसर्जन गरिएको थियो। निमतल्ला घाटमा बिहीबार रातिसम्म ९० मूर्ति विसर्जन गरिएको थियो। तर, बिहीबार घाटमा विसर्जन गर्नेको संख्या निकै कम थियो। कोलकता नगर निगमका एक अधिकारीले गत वर्षको तुलनामा यस वर्ष मूर्ति विसर्जनको संख्यामा वृद्धि भएको बताए।








