ढेड सयभन्दा अधिक दुर्गा पुजा अवधि पक्राउ

सिलगढी: दुर्गा पुजा अवधि लगभग १५०‌ भन्दा अधिक मानिसहरूलाई सिलगढी मेट्रोपोलिटन पुलिसको विभिन्न थानाले पक्राउ गरेको छ। पक्राउ गरिएका मानिसहरु विशेष गरेर मातेको अवस्थामा कुटपीट गरेको, जुवाको अड्डा र उत्साहको माहौललाई खराब गर्ने प्रयास गरेको आरोपमा पक्राउ गरिएको बताइएको छ। पुलिस विभागबाट प्राप्त जानकारीनुसार चार दिनको अवधिमा प्रधान नगर थानाले लगभग २०, मतिगढ़ा थाना ४०, भक्ति नगर थाना र आशीघर आउटपोस्ट २०, एनजेपी थाना लगायत आमबाड़ी र मिलनपल्ली आउटपोस्ट ४० अनि सिलगढी थाना लगायत खालपाड़ा र पानीट्याङ्की आउटपोस्ट पुलिसले ३० जना मानिसहरूलाई पक्राउ गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement