शान्तिपूर्ण ढङ्गमा दुर्गा पुजाको विसर्जन सिलगढीमा सम्पन्न

Durga-Idol-immersion.jpg

सिलगढी: हिजो सिलगढीको विभिन्न घाटहरुमा दुर्गा प्रतिमा विसर्जन गरियो। लालमोहन मौलिक निरञ्जन घाट जो सिलगढीमा स्थित छ यहाँ सबैभन्दा अधिक दुर्गा प्रतिमा विसर्जन गरियो। हिजो रातिसम्म यस घाटमा २०० भन्दा अधिक प्रतिमा विसर्जन गरियो। अर्कोतिर, घाटमा कानुन व्यवस्था बनाइ राख्नको लागि धेरै संख्यामा पुलिस बल तैनाथ गरिएको थियो भने विनर्स टीम पनि तैनाथ गरिएको थियो। सिलगढी पुलिस कमिश्नर अखिलेश कुमार चतुर्वेदीले पनि घाटको निरीक्षण गरे। छुटपुट घटनाहरू बाहेक दुर्गा विसर्जन शान्तिपूर्ण ढङ्गमा सम्पन्न भएको प्रशासनले दावी गरेको छ। अर्कोतिर, भोलि शुक्रबार सिलगढीमा कार्निभलको आयोजना गरिने भएको छ। उक्त कार्निभलमा धेरैवटा ठुल्ठुला क्लबहरूले अंश ग्रहण गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement