सिलगढीमा कार्निभलको आयोजना भोलि गरिने

IMG_20221006_172754.png

सिलगढी: भोलि शुक्रबारको दिन सिलगढीमा दुर्गा पुजा कार्निभलको आयोजना गरिने भएको छ। यसोसले कार्निभलको तयारी शुरू भइसकेको छ। यसलाई सुचारू रूपमा सम्पन्न गराउने उद्देश्य लिएर सिलगढी नगरनिगमका मेयर गौतम देवले आज अन्तिम प्रशासनिक बैठक गरे। बैठक अवधि मेयरले कार्निभलमा भाग लिने सबै क्लबका सदस्य तथा पुलिस अधिकारीहरूसित विभिन्न विषयमा चर्चा परिचर्चा गरे। बैठकपछि मेयर गौतम देवले भने, उक्त कार्निभलमा मोठ २६ वटा क्लब र ४ वटा सांस्कृतिक दलले अंश ग्रहण गर्नेछन्। कार्निभलमा के-के नियमहरू रहेको छ, कहाँ अनि कसरी अलग-अलग क्लबले अंश ग्रहण गर्नेछ भन्ने विषयमा आज एउटा बैठक गरेर अन्तिम चर्चा गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement