खरसाङ बजार क्षेत्रमा स्ट्रिट लाइट र पानीको समस्या लिएर भागोप्रमोको प्रतिनिधि टोलीद्वारा नगरपालिकामा ज्ञापन

IMG-20260223-WA0055

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टाउन कमिटी खरसाङको मूल सचिव बिरबल पाखरीन, नगरपालिका क्षेत्र चुनाव प्रभारी तथा महकुमा नारी शक्ति सभापति सबिता कार्की, खरसाङ टाउन कमिटी नारी शक्ति सभापति देवकी प्रधान सुब्बा अनि २८ नम्बर समष्टि नारी शक्ति सभापति सुष्मा मुखियाको अगुवाईमा एक टोलीले खरसाङ नगरपालिका अध्यक्ष ब्रिग्रेन गुरूङ र उपाध्यक्ष सुवास प्रधानलाई एक ज्ञापन पत्र बुझाएका छन्। उक्त ज्ञापन पत्रमा नगरपालिका अन्तर्गत विभिन्न वार्डमा बाटोतिर रहेका स्ट्रिट लाइटको समस्या र पिउने पानीको समस्या विषयमा उल्लेख गरिएको छ। पार्टीको पक्षबाट ग‌एको प्रतिनिधि खरसाङ नगरपालिकाको तर्फबाट सौहार्दपूर्ण वातावरणमा जनताको गुनासो राम्रोसंग सुने साथै विभागीय अधिकारीहरूलाई एक सभा बोलाएर यस विषयमा चाढोभन्दा चाढो पहल गरिदिने वचन दिएका छन्। यस टोलीमा टाउन कमिटी उपाध्यक्षद्वय सन्तोष परी र संजय मुखिया,सह सचिव रमोद गुरूङ, सांगठनिक सचिव महेत्र सेन शर्मा,नारी शक्ति उपाध्यक्ष रोमा गुरूङ,सह सचिवाद्वय सरिता मुखिया र डिम्पल लामा, सांगठनिक सचिवाद्वय अनु राई सुब्बा र शर्मिला प्रधान, प्रचार प्रसार सचिवा सुषमा तिरूवा, कोषाध्यक्ष सरस्वती छेत्री उपस्थित थिए।

उक्त भेटघाट र ज्ञापन पत्र बुझाएपछि पत्रकारहरुलाई सम्बोधन गर्दै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीको सचिव बीरबल पाख्रिन र नारी शक्तिक खरसाङ महकुमा समितिकी सभापति सबिता कार्कीले विस्तृत जानकारी गराएका छन्।

About Author

Advertisement