मुख्यमन्त्रीको जेष्ठ नागरिकसित भेटघाट

FB_IMG_1771846068634

गान्ताेक: आज मुख्यमन्त्री प्रेम सिंह तामाङले, उनको आधिकारिक निवासमा ताशिडिङ निवासी, सम्मानित ज्येष्ठ नागरिक धनबहादुर छेत्रीसँग भेटघाट गरे।
सामाजिक संजाल मार्फत यसबारे उल्लेख गर्दै मुख्यमन्त्रीले भेटका क्रममा छेत्रीको स्वास्थ्य र कुशलक्षेमबारे जानकारी लिएको तथा जेष्ठ नागरिक छेत्रीको आशीर्वाद प्राप्त गर्ने सौभाग्य पाएको कुरा व्यक्त गरे।
यससँगै मुख्यमन्त्रीले श्री छेत्रीसँग समय बिताउन पाउनु र उनका अनुभव तथा जीवनका अमूल्य शिक्षाहरू सुन्न पाउनु साँच्चिकै हृदयस्पर्शी थियो भने साथै यसले समाजका समृद्ध मूल्य र अविचल आत्मालाई प्रतिबिम्बित गर्दछ भने।

About Author

Advertisement