क्वितोवा र स्वियातेक ऐजल ओपनको क्वार्टर फाइनलमा

photocollage_2022106123138955.jpg

६ अक्टोबरः शीर्ष वरीयता प्राप्त इगा स्वियातेक र दुईपल्टकी विम्बल्डन च्याम्पियन पेट्रा क्वितोवाले सीधा सेटमा जीत दर्ता गरी ऐजल ओपन टेनिस टुर्नामेण्टको क्वार्टर फाइनलमा प्रवेश गरिन्। फ्रेञ्च ओपन र अमेरिकी ओपन विजेता स्वियातेककी प्रतिद्वन्द्वी अष्ट्रेलियाकी अजला टोमयानोविचले देब्रे घुँड़ाको चोटले गर्दा दोस्रो सेटमा म्याचबाट हट्ने फसेला गरिन्। त्यस समय म्याचमा स्वियातेक ७-५, २-२-ले अघि रहेकी थिइन्। यसरी नै क्वितोवाले स्पेनकी दोस्रो वरीयता प्राप्त पाउला बाडोसालाई ७-६ (४), ६-४-ले पराजित गरिन्। क्वार्टर फाइनलमा उनको सामना विम्बल्डन च्याम्पियन एलेना रयबकिनासँग हुनेछ। रयबकिनाले अलियाक्सान्द्र सासनोविचलाई ६-७ (५), ६-४, ७-५-ले पराजित गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement