मालबजारमा  मूर्ति विसर्जनको क्रममा दर्दनाक घटना: बाढीमा डुबेर ७ जनाको मृत्यु

00-Jalpaiguri

मालबजार: मालबजार नजिकै रहेको माल खोलामा बुधबार आएको बाढीका कारण प्रशासनले विसर्जन कार्यक्रम रोक्नु पर्यो। अर्कोतर्फ खोलाको तीव्र बहावमा कतिपय मानिस डुबेका छन् भने कति सवारीसाधन नदीमा फसेको थियो। पुलिस प्रशासन, एनडीआरएफ टोली युद्धस्तरमा मानिसहरूको उद्धारमा जुटेको छ। घटनाको खबरले पूरै मालबजारसहित जलपाईगढी जिल्लामा शोकको लहर फैलिएको छ। घटनालगत्तै प्रशासनले जेसीबी खसालाएर उद्धार कार्य गरेको थियो। विसर्जनका क्रममा बाढीले बगाएर ७ जनाको ज्यान गएको समाचार छ भने अझ कति बेपत्ता छन्। यात प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयले माल नदीको पानीको बहाव बढेपछि आएको बाढीमा परी मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिने घोषणा गरेको छ। उनले ट्वीट गर्दै मृतकका आफन्तलाई प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट २ लाख र घाइतेलाई ५० हजार रुपियाँ दिने बताएका छन्। यस दु:खद घटनामा प्रधानमन्त्रीले गहिरो शोक प्रकट गरेका छन्l    

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement