सन् १९८६ मा खरसाङमा भएको अग्निकाण्ड अघिको अनि वर्तमानको खरसाङ : एक रिपोर्ट

Fire-in-House-1

२३ मार्च १९८६ को दिन खरसाङ बजारमा भयावह अग्निकाण्ड भएको थियो। त्यस दिन बेलुकी लगभग साढ़े सात बजे भएको यस अग्निकाण्डको चपेटमा परेर केही क्षण भित्र नै खरसाङ बजार क्षेत्र प्रायः जलेर स्वाहा भएको थियो। त्यस्ताक बजार क्षेत्रका धेर जसो घर अनि पसलहरू काठ अनि टीनले बनिएको हुनाले केही क्षण भित्रनै खरसाङ बजार क्षेत्रका लगभग तीन सय भन्दा धेर घर अनि पसलहरू मिलाएर अग्निकाण्डको चपेटमा परेर स्वाहा भएर गएको थियो। त्यस बखत खरसाङ बजार एउटा फूटबल मैदान जस्तो देखिन थालेको थियो। अग्निकाण्ड भएपछि पीड़ित परिवारहरूलाई भाँडा-बर्तन सहित अन्य कतिपय राहत सामग्रीहरू विविध संघ -संस्थाहरू अनि सरकारी निकायहरूबाट प्रदान गरिएको थियो।

बजार क्षेत्रका प्रायः राशन पसलहरू जलेर स्वाहा भएको कारण चिनी अनि चियापत्तिसमेत चिया पकाउनको निम्ति किन्न त्यस्ताक प्लाजा सिनेमा हल नजिक, पीबी रोड अथवा धोबीखोलातिर जान पर्दथ्यो। कैयौं दिनसम्म अग्नि पीड़ित परिवारहरूले रिलिफ कमिटीबाट दिइएको खाना खानु परेको थियो। प्रत्येक पीड़ित परिवारलाई परिवारमा भएको सदस्यहरू अनुसार एउटा कार्ड बनाइएको थियो। त्यो कार्ड त्यस बखत खरसाङ रेलवे स्टेशनमा बनाइएको एउटा शिविरमा लगेर गएपछि कार्डमा उल्लेखित सदस्यहरू अनुसार चिया, ब्रेड आदि खाद्य सामग्रीहरू पीड़ित परिवारहरूलाई प्रदान गरिन्थ्यो। चिया लिनको निम्ति राहत सामग्रीअन्तर्गत प्राप्त भएको कितली बोकेर चिया लिनको निम्ति जानु पर्दथ्यो।

खरसाङ बजार अग्निकाण्डको चपेटमा परेर पूर्ण रूपले स्वाहा भएर गएपनि बजारको स्थिति यथाशीघ्रनै साम्य भएर गयो। केही दिन भित्रनै अग्निकाण्डको चपेटमा परेर स्वाहा भएको घर अनि पसलहरू रड,सिमेंट अनि ईंटाले पक्का बनिन थाल्यो। अग्निकाण्डको चपेटमा परेर आर्थिक दृष्टिकोणले कमजोर भएका व्यक्तिहरूले पनि यता-उतिबाट ऋण लिएर भएपनि आआफ्नो घर अनि पसलहरू पक्का बनाउन थाले। हेर्दाहेर्दै खरसाङ बजारका प्रायः घर अनि पसलहरू पक्का भएर गयो। यसरी खरसाङ बजारको घर अनि पसलहरूको स्ट्रक्चर अग्निकाण्ड अघिको खरसाङमा यस प्रकारले अचानक परिवर्तन भएर गयो। अघिको खरसाङमा अनि अहिलेको खरसाङमा धेरै परिवर्तन भएर गएको हामी पाउँछौं। अग्निकाण्ड अघिको दृश्य अनि वर्तमान खरसाङ बजारको दृश्यलाई नियालेर हेर्दा यसमा धेरै परिवर्तन भएर गएको छ, जसलाई नकार्न सकिँदैन्।

(लेखक दार्जीलिङ पहाडी भेकका सुपरिचित पत्रकार हुनुहुन्छ)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement