६ अक्टोबरः भारतीय अण्डर-१७ महिला फूटबल टीमकी मुख्य प्रशिक्षक थोमस डेनरबीले ११ अक्टोबरदेखि शुरु हुने फीफा अण्डर-१७ महिला विश्व कप २०२२-को निम्ति २१ सदस्यीय भारतीय टीमको घोषणा गरे। आयोजक देश भारत अमेरिका, मोरक्को र ब्राजीलसँग ग्रुप ए-मा रहेको छ। भारतको पहिलो म्याच ११ अक्टोबरमा अमेरिकासँग रहेको छ। त्यसपछि भारतले १४ अक्टोबरमा मोरक्को र १७ अक्टोबरमा ब्राजील विरुद्ध खेल्नेछ। यी तीनैवटा म्याच भुवनेश्वरको कलिंग स्टेडियममा हुनेछ। डेनरबीले भने, यो सबैको निम्ति एउटा नयाँ स्थिति हो। भारतमा यसअघि कहिले पनि महिला विश्व कप खेलिएको छैन। यो सम्पूर्ण रूपले अलग खेल हुनेछ। हामी सम्पूर्ण रूपले तयार छौं अनि हामी कसैलाई पनि आफूमाथि हावी हुन दिनेछैनौं भन्ने देखाउने यो अलग मौका हो। हरेक खेलाड़ीको विश्व कप खेल्ने इच्छा हुन्छ तर मैले टीममा केवल २१ जना सर्वश्रेष्ठ खेलाड़ीलाई चयन गरेको छु। उनले भने, एकपल्ट मैदानमा ओर्लिएपछि तपाईंले सबैथोक भुल्नु हुन्छ अनि खेलाड़ीहरूका ध्यान केवल खेलमा केन्द्रित हुन्छ। यी खेलाड़ीहरूले पनि त्यही गर्नेछिन्।
मैदानमा असल प्रदर्शनलाई महत्त्वपूर्ण बताउँदै डेनरबीले भने, हाम्रो निम्ति प्रदर्शन महत्त्वपूर्ण छ। खेलाड़ीहरू अधिक दबाउमा नरहेको अनि उनीहरूले आत्मविश्वासको साथ खेल्ने मलाई आशा छ। खेलाड़ीहरूले एकै समयमा दबाउमुक्त रहेर प्रदर्शन गर्नु पर्नेछ। एउटा टीमको रूपमा असल प्रदर्शन गर्ने यही सटीक समय हो। टीममा गोलकीपरको रूपमा मोनालिसा देवी मोइरंगथेम (१), मेलोडी चानू कीशाम (१३) र अञ्जलि मुण्डा (२१)-लाई राखिएको छ यसरी नै डिफेण्डरको रूपमा अस्तम उरावँ (५), काजल (२०), नकेता (३), पूर्णिमा कुमारी (२), वार्शिका (१९) र शिल्की देवी हेमम (४)-लाई राखिएको छ। यस २१ सदस्यीय टीममा मीडफिल्डर्सको रूपमा बबीना देवी लिशम (६), नीतू लिण्डा (१७), शैलजा (१५) र शुभांगी सिंह (१६) रहेकी छन्। टीममा फरवर्डको भूमिकामा अनीता कुमारी (११), लिण्डा कम सटर (९), नेहा (७), रेजिया देवी लैशराम (१८), शेलिया देवी लोकतोंगबम (१२), काजोल ह्युबर्ट डिसूजा (८), लावण्या उपाध्याय (१०) र सुधा अंकिता तिर्की (१३) सामेल छिन्।








