सोनादा: ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको सोनादा–पचेङ समष्टिमा सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सांगठनिक सभा समष्टि सभापति सिद्धान्त थापाको सभापतित्वमा सम्पन्न भएको छ। उक्त सभामा अप्पर रमिते निवासी दमन्ती थापा, गोर्खा जनमुक्ति मोर्चाकी सक्रिय सदस्यले इण्डियन गोर्खा जनशक्ति फ्रन्टका प्रमुख संयोजक अजय एडवर्डको कुशल नेतृत्व तथा उनको सोचलाई आत्मसात गर्दै पार्टीप्रति समर्थन साथै पूर्ण समर्पण जनाएकी छिन्।
सभामा महकुमा सांगठनिक सचिव सन्नी लोप्चन, महकुमा नारी संयोजिका संगिता छेत्री, महकुमा युवा सचिव पुकार राई, समष्टि महासचिव रमेश राई, प्रमुख सल्लाहकार भुपति सुब्बा साथै १९ वटा बुथ कमिटीका सभापति, महासचिव तथा कार्यकारिणी सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। उक्त सभाले संगठनलाई अझ सुदृढ र सक्रिय बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।










