महानदी ग्राम सुधार समितिको वार्षिक साधारण सभा साथै सम्मान कार्यक्रम सम्पन्न

photocollage_2026222205815262

खरसाङ: महानदी ग्राम सुधार समितिको वार्षिक साधारण सभा साथै सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम समितिको सभापति तारानाथ शर्माको अध्यक्षतामा र सचिव महेन्द्र छेत्रीको सञ्चालनमा सम्पन्न भएको छ।‌ सभामा महानदी ग्राम सुधार समितिको वार्षिक सभा साथै विवरण प्रस्तुत गरिएको थियो। कार्यक्रममा स्वागत सम्भाषण उप सभापति रोजी राईले राखेका थिए। यसै कार्यक्रममा विभिन्न क्षेत्रमा विशिष्ट योगदान दिने तथा विभिन्न क्षेत्रबाट समाजको सम्मान उच्च राख्ने व्यक्तिहरूलाई सम्मान जनाइएको छ। यस क्रममा हालैमा राष्ट्रपति पदकबाट सम्मानित महानदी निवासी एंव झारखण्ड सशस्त्र पुलिसमा कार्यरत् जयदेव प्रधान, आईबीपीएस उत्तीर्ण भई ब्यांकको उच्च पदमा आसिन महानदीका सागरिका गुरुङ र रितिका तामाङ, बीए एलएलबी पूरा गरेर अधिवक्ता बनेकी शान्तावना राई आदिलाई समाजको तर्फबाट सम्मान जनाइएको छ। त्यसरी नै ७५ वर्ष नाघेका वरिष्ठ नागरिकहरु जम्मा २२ जनालाई पनि समाजको तर्फबाट सम्मान जनाइएको छ। यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै महान‌दी ग्राम सुधार समितिको प्रवक्ता हेमु प्रधानले विस्तृत रुपमा जानकारी गराएका छन्।

About Author

Advertisement