खरसाङको वार्ड नम्बर दुई र पाँचमा अमृत २.० जल परियोजना देखरेख कमिटीसँगै बुथ कमिटी गठन

IMG-20260222-WA0072

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ टाउन कमिटीकोे पहलमा वार्ड नम्बर दुईकोे डाउहिल सुनौलो परिवार समिति भवनमा आगामी विधानसभा चुनावको निम्ति बुथ कमिटी, साथै अमृत २.० जल परियोजनाकोे सम्पूर्ण निरीक्षण अनि देखरेख गर्न हेतु कमिटी गठनार्थकाे सभा सम्पन्न भयो। वार्डका वरिष्ठ सदस्य निमा लामाको अध्यक्षतामा सम्पन्न भएको सभालाई सञ्चालन खरसाङ टाउन कमिटीका मूल सचिव तथा वार्ड नम्बर दुईका सचिव बीरबल पाख्रीनले गरेका थिए। उनले सभाकोे जानकारी दिँदै जीटीएका मुख्य कार्यपाल अनित थापाकाे निर्देशन बमोजिम नगरपालिका अन्तर्गत पर्ने वार्ड नम्बर एकदेखि बीससम्ममा अमृत २.० कोे कार्यलाई देखरेख गर्न कोे निम्ति प्रत्येक वार्डमा नै जल निरीक्षण कमिटी बनाउने निर्देशनलाई अघि बढाउँदै गरिएको बताए। सभामा वक्तव्य राख्ने क्रममा क्रमश: सर्वप्रथम २८ नम्बर खरसाङ चिम्नी देउराली समष्टि नारी शक्तिका अध्यक्ष तथा खरसाङ टाउन कमिटीका सल्लाहकार सुष्मा मुखिया, २८ नम्बर समष्टि सभासद श्याम शेर्पा, खरसाङ महकुमा नारी शक्ति अध्यक्ष तथा नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, खरसाङ महकुमा युवा शक्तिका अध्यक्ष प्रेमेन्द्र गुरुङ्ग, केन्द्रीय समिति सदस्य एवं खरसाङ क्षेत्रका चुनाव प्रभारी तथा टाउन कमिटीका संयोजक समीर दीप ब्लोन, टाउन कमिटी सांगठनिक सचिव मैत्रसेन शर्मा दार्जीलिङ पिक अप भ्यान ट्रेड युनियनका केन्द्रीय समितिका मूल सचिव सचिन गुरुङ, खरसाङ महकुमा समितिका अध्यक्ष सुभाष प्रधानले आ आफ्नो सांगठनिक वक्तव्य राखेका थिए। सभाको प्रथम चरणमा वार्ड कमिटीका अध्यक्ष शान्ता कुमार प्रधानकोे निधनपछि रिक्त स्थानमा डाउहिल निवासी निमा लामालाई वार्डको अध्यक्षको पदभार सुम्पियो साथै आगामी विधानसभा चुनावकाे निम्ति बुथ कमिटी गठन गर्दै वार्ड नम्बर दुईकोे निम्ति संयोजक रंजन गजमेर, किशोर सिंह, कोषाध्यक्ष सुजय गुरूङ अनि गंगा थापालाई चयन गरिएको छ। सभाको दोस्रो चरणमा वार्ड नम्बर दुईकोे सम्पूर्ण भेगबाट छनौट गरेर १४ जनाकोे अमृत २.० लाई सुचारु रूपमा अघि बढाउन हेतु देखरेख कमिटी गठन गरियो। अन्त्यमा सभाध्यक्ष नीमा लामाले आफ्नो समभाषण राखेका थिए। सभामा टाउन कमिटीका उपाध्यक्षद्वय संजय मुखिया, रंजन गजमेर, सह सचित रमोद गुरूङ, विकास तामाङ, सांगठनिक सचिव मैत्रसेन शर्मा, खरसाङ टाउन कमिटी नारी शक्ति उपाध्यक्ष सन्ध्या थापा, कार्यकारीणी सदस्य रामु राउत पनि उपस्थित थिए। त्यसरी नै वार्ड नम्बर ५ कोे ग्राम सेवा समिति भवनमा अमृत २.० जल परियोजनाकोे सम्पूर्ण निरीक्षण अनि देखरेख गर्न हेतु कमिटी गठनार्थ काे निम्ति सभा सम्पन्न भयो। वार्ड कमिटीको सभापति लक्ष्मण गुरुङकोे अध्यक्षतामा सभा सम्पन्न भएको छ। सभालाई सञ्चालन वार्ड नम्बर ५ का पञ्चायत संयोजक भास्कर थापाले गर्दै गरेका थिए। सभामा वक्तव्य राख्ने क्रममा क्रमश: सर्वप्रथम खरसाङ टाउन कमिटीका मूल सचिव बीरबल पाख्रिन, खरसाङ महकुमा समिति नारी शक्तिका अध्यक्ष तथा नगरपालिका क्षेत्रका चुनाव प्रभारी सबिता कार्की, २८ नम्बर चिम्नी देउराली समष्टिका सभासद श्याम शेर्पा, खरसाङ महकुमा अध्यक्ष सुभाष प्रधान, आदिले वक्तव्य राखेका थिए।

सभामा अमृत २.० पानीको कामको देखरेख कमिटी गठन गरियो भने दोस्रो चरणमा आगामी विधानसभा चुनाव कोे निम्ती बुथ कमिटी पनि गठन गरिएको जानकारी प्राप्त भएको छ।

About Author

Advertisement