गान्ताेक: सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले आधिकारिक निवासमा सिक्किमका पूर्व राज्यपाल गंगा प्रसाद चौरेसियालाई स्वागत गर्न र उनिसँग भेटघाट तथा अन्तरक्रिया गर्न पाउँदा अत्यन्त हर्षको अनुभूति भयो भने।
यसरी नै मुख्यमन्त्रीले भेटको क्रममा राज्यपालको स्वास्थ्य अवस्था तथा कुशल-क्षेमबारे सोधपुछ गर्दै उनको दीर्घायु, उत्तम स्वास्थ्य र सुख–समृद्धिको कामना गरेको बारेमा संजाल मार्फत उल्लेख गरे।










