गान्तोक: सम्पूर्ण सिक्किमेली जनसमुदायलगायत विश्वभरिका यस महत धार्मिक आस्था अनि परम्परासँग सम्बन्धित सबैमा मुख्यमन्त्री प्रेमसिंह तामाङले बडा दशैं (विजया दशमी) २०२२ को मंगलमय शुभकामना व्यक्त गरेका छन्। मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमार्फत बडा दशैंको सबैमा शुभकामना व्यक्त गरेका छन्।
मुख्यमन्त्रीले भनेका छन्, ‘यस पुनित अवसरमा, श्रध्येय वरिष्ठ जनमा हार्दिक अभिवादन सहित सबैमा सुख, शान्ति, समृद्धि, बौद्धिक उन्नति, उत्तरोत्तर प्रगतिका साथै सुस्वस्थ्य अनि दीर्घ आयुको मंगलमय कामना गर्न चाहन्छु। यहाँको प्रत्येक पल शुभ रहोस्।’










