सिलगढी: शुक्रबार टिस्टा नदीबाट अज्ञात युवकको शव रम्बी रयाङ पुलिसले उद्दार गरेको छ। रम्बी आउट पोस्ट पुलिस प्रभारी टीटी भोटियाले बताएअनुसार अज्ञात युवकको शवलाई पोस्ट मर्ट्म गरेर नर्थ बङ्गाल मेडिकल कलेज अनि अस्पतालको शव गृहमा राखिएको छl उक्त शवलाई चिन्हित गरेर उनको परिवारले लानसक्ने पुलिसले बताएको छ। अज्ञात युवकको उमेर अनुमानिक ३० देखि ३५ वर्ष रहेको छ। उनको हातमा फास्टट्र्याकको घडी पनि भेटिएको छ भने मृतकले निलो रङ्गको टी सर्ट अनि निकिल लोगो भएको निलो रङ्गको ट्र्याक लगाएको पुलिसले बताएको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




