गान्तोक: एनसीडीएफआईका अधिकारीहरूको सहकारी दुग्ध सम्मेलनमा सहभागी बन्न सिक्किममा आगमन शुरू भएको छ। यसै क्रममा एनसीडीएफआईका प्रबन्ध निदेशक केसी सुपेकर, कार्यकारी निदेशक श्रीनिवास सज्जा, प्रबन्धक डा. अभिनाश घुले र वरिष्ठ कार्यकारी दिपेश ठाकुर बागडोगरा हवाई अड्डामा अवतरण भए।
एनसीडीएफआईका अधिकारीहरू गान्तोकको मनन केन्द्रमा आगामी ७ अक्टोबरको दिन आयोजन हुने सहकारी दुग्ध सम्मेलनमा भाग लिन सिक्किम आएक हुन्। उक्त कार्यक्रमको आयोजना भारतीय राष्ट्रिय सहकारी दुग्ध संघले गरिरहेको छ। कार्यक्रममा केन्द्रिय गृहमन्त्री एवं सहकारी मन्त्री अमित शाह पनि उपस्थित रहने बताइएको छ।
बागडोगरा हवाई अड्डामा एनसीडीएफआईका प्रतिनिधिहरूलाई सिक्किम सरकारका अधिकारीहरूले स्वागत जनाएका थिए।









