स्वर्गीय नरबहादुर भण्डारीको ८२औं जन्म जयन्ती पालन

IMG_20221005_221712.jpg

गान्तोक: आज सिक्किमका पूर्व मुख्यमन्त्री स्वर्गीय नरबहादुर भण्डारीको ८२औं जन्म जयन्ती आज सम्मान भवनमा पालन गरियो। यस अवसरमा मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा विधानसभा अध्यक्ष अरूण उप्रेती, मन्त्रीगण, विधायकगण, जीएमसीकी उपमेयर, मुख्यमन्त्रीका राजनीतिक सचिव, अध्यक्षगण, डीजीपी, विभिन्न विभागीय प्रमुखहरू आदि पनि उपस्थित थिए।

जन्म जयन्तीको शुरूवात मुख्यमन्त्री तामाङद्वारा स्व. भण्डारीको फोटोमा खादार्पणका साथ भयो। यसपछि, उपस्थित सबै गणमान्यहरूले स्व. भण्डारीलाई श्रद्धाञ्जली अर्पित गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement