मुख्यमन्त्री तामाङद्वारा स्वर्गीय भण्डारीलाई हार्दिक श्रद्धाञ्जली

IMG_20221005_210945.jpg

गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले आज आफ्नो आधिकारिक फेसबुक पेजमा सिक्किमका दोस्रो मुख्यमन्त्री स्वर्गीय नर बहादुर भण्डारीको फोटो साझा गर्दै उनको ८२औं जन्म जयन्तीको अवसरमा हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन्।

मुख्यमन्त्रीले स्वर्गीय भण्डारीलाई भारतको संविधानको आठौं अनुसूचीमा नेपाली भाषालाई अन्तर्भुक्त गर्न उनले दिएको योगदानका लागि स्मरण गरिन्छ, जुन वास्तवमा ऐतिहासिक उपलब्धी रहेको बताएका छन्। उनले स्व. भण्डारीलाई उनका उत्कृष्ट शासन र नेतृत्व गुणहरूका लागि सदैव सम्झाना गरिने छ भनी बताएका छन्।

About Author

Advertisement