१७ अक्टोबरको दिन फिल्म रिलिज हुने
दार्जिलिङ: भारतीय नेपाली चलचित्रका लागि यो वर्ष उर्जाशील रह्यो। ब्रोकन्स विग्स ,सम्झना बिर्सना, दार्जिलिङ डायरी लगायतका चलचित्रले राम्रो पब्लिक रेसपोन्स पायो भने व्यापार पनि सन्तोष जनक नै गरेको छ। यही वर्ष अक्टोबर ७ मा फटिचर ठूलो पर्दामा लागिरहेको छ। जसको निर्देशन माबो हाङ सुब्बाले गरेका छन्। कालेबुङबाट निर्माण भएको चलचित्रमा पहाड वरिपरिका कलाकारहरूले अभिनय गरेका छन्। त्यसपछि यही बर्ष अक्टोबर २८ ता आदित्य रायाको निर्देशनमा निर्मित हमजायेगा प्रदर्शित हुनेछ। पहाडका चर्चित चर्चित नाट्य कलाकारहरूद्वारा अभिनित यस चलचित्रले बजार पिट्ने सम्भावना छ भन्न सकिन्छ। हमजायेगा दार्जिलिङका प्रख्यात कमेडी आइकन हुन्। बायोग्राफी रूपमा बनिएको यस चलचित्रले दलबहादुर गुरूङ उर्फ हमजायेगालाई कतिको न्याय दिएका छन्, १७ अक्टोबर हल नपुगी थाह पाउन सकिन्न। यही वर्ष अक्टोबर १७ ता दार्जिलिङ भानुभवनमा कुशल घिमिरे र केशाङ डोमा भोटियाको निर्देशनमा निर्मित “छायाँ” प्रदर्शनमा आइरहेको छ। सन् २०१५ सालमा प्रदर्शनमा आएको निक्कि तामाङद्वारा निर्देशित “धुर्बतारा” बाट चर्चामा आएका कुशल घिमिरे अथक रूपमा अभिनयको क्षेत्रमा कार्य गरिरहेका कलाकार हुन्। उनले “सकस”, “जुका” “घर” जस्ता लघु चलचित्र अघावै निर्देशन गरिसकेका छन् भने उनको छायाँ चाहिँ डेव्यु कथानक चलचित्र हो। कुशलको अन्य अभिनित चलचित्रहरूमा अमर रसाइलीद्वारा निर्देशित “द आइस”, सीके श्रेष्ठद्वारा निर्देशित “गुरू मंगल गाथा” फिचर फिल्म हुन् भने “खुन” “अगुवा” लघु चलचित्रहरू हुन्। छायाँले उनको चलचित्र करियर कतिको चर्चा योग्य बन्न सक्छ त्यो १७ अक्टोबर चलचित्र हेरेर नै भन्न सकिन्छ। सुधा लामाको प्रोडक्सन हाउस सुधा लामा प्रोडक्सनको व्यानरमा निर्माण गरिएको छायाँमा नोर्देन लामा, केशाङ भोटिया, प्रितम थापा, हेमराज बराइली, पुष्कर सिङ्गर, केट, निहारिका, नाती विश्वकर्मा, अनुराज थापा, उर्गेन शेर्पा, वाङदेन लामा, दिलिप ठाकुर आदिको अभिनय रहेको छ। चलचित्रको सम्पादन रिन्छेन शेर्पाले गरेका छन् भने सङ्गीत एवमं ब्याक ग्राउण्ड स्कोर वेदान्त राज बराइलीको रहेको छ। छाँयाकार मुन्ना रोय छन् भने मेक अप आर्टिस्ट दिलिप ठाकुर रहेका छन्। कथा लेखक केशाङ डोमा भोटिया हुन् भने प्रोडक्सन हेड पुष्कर सिङ्गर रहेका छन्।
दार्जिलिङको मङ्पुमा दृश्याङ्कन गरिएको चलचित्रको कथा स्सपेन्स थ्रिलर रहेको छ।









