खरसाङ: खरसाङ नगरपालिका क्षेत्रमा गैर कानुनी रुपमा बिल्डिङ निर्माण भईरहेको भन्दै ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रीय सदस्य एवं खरसाङको सचिव आरके शर्माले नगरपालिकाले यो बिल्डिङ झट्टै भत्काएन भने आफुहरु कार्वाहीमा उत्रने चेतावनी दिएका छन्। शुक्रवार ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको तर्फबाट आरके शर्मा र बिमल तामाङले खरसाङ नगरपालिकामा अवैध रूपमा बिल्डिङ निर्माण भईरहेको आरोप लगाउँदै बिल्डिङ निर्माण भईरहेको स्थानमा नै पुगेर यसको विरोध गरेका छन्। यस क्रममा पत्रकारहरुलाई सम्बोधन गर्दै आरके शर्माले भने, यो बिल्डिङ विषयमा नगरपालिकालाई कानुनी नोटिस पठाए पनि कुनै उत्तर आएको छैन। यहाँ पहिला मैला फ्याँक्ने ठाउँ थियो तर अहिले मैले फ्याँकेर बिल्डिङ निर्माण भईरहेको छ।’
आरके शर्माले यो बिल्डिङ बाटो र नाली सबै क्याप्चर गरेर अवैध रुपमा निर्माण गरेको पनि आरोप लगाएका छन्। उनले यस बिल्डिङको कसरी निर्माण भयो त यसले के के गैर कानुनी रुपमा निर्माण गरेको छ भन्दै जानकारी गराएका छन्। शर्माले यो बिल्डिङ अवैध रूपमा बाटो र नाली सबै मिचेको बनाएको आरोप लगाउँदै यसको नजिकमा रहेको बिल्डिङमा पनि स्पेस नराखि निर्माण गरिएको बताए। उनले यस निर्माण विषयमा नगरपालिकाले कसरी अनुमति दियो भनी प्रश्न गर्दै नगरपालिकाको देखरेखमा नै अवैध रूपमा बिल्डिङ निर्माण गरिएको आरोप लगाए। उनले नगरपालिकाले बिल्डिङ निर्माण गर्नलाई नगरपालिकाको तर्फबाट नक्सा स्वीकृत नभई निर्माण गरिएको हो भने नगरपालिका ऐनको २१७ सेक्शन हनन भएको बताए। उनले यसको साथै यो अवैध बिल्डिङ निर्माणले नगरपालिका ऐनको सेक्शन २१८, २०३ पनि हनन भएको आरोप लगाएका छन्। उनले नगरपालिका ऐनको सेक्शन २२० अनुसार यो अवैध बिल्डिङ झट्टै भत्काउनु पर्ने हो। तर यदि नगरपालिकाले भत्काएन भने ईण्डियन गोर्खा जनशक्ति फ्रण्ट अघि आएर कार्वाही गर्ने चेतावनी दिएका छन्। यसको साथै आरके शर्माले पार्क लोकेशनस्थित सुप मार्केटमा टिनले बारेको ठाउँ विषयमा पनि प्रश्न उठाएका छन्। सुपर मार्केटभित्र बनाइएको दोकानहरु विषयमा पनि प्रश्न उठाएका छन्। आरके शर्माले पत्रकारहरुलाई सम्बोधन गर्दै भने, नगरपालिकाले २०२४ बजारमा अवैध निर्माणहरु सबै भत्कायो अनि १ देखि २० नम्बर वार्डसम्मका सबै अवैध निर्माण भत्काउने भने पनि केवल बजार क्षेत्रमा मात्रै भत्काएको र अरुतिर अवैध निर्माण नभत्काएको आरोप लगाएका छन्।











