खरसाङ: खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पाले टिभी सेनिटोरियम र खहरेको वृध्दाश्रममा दशैं पालन गरेका छन्। २८ नम्बर खरसाङ देवराली समष्टिका सभासद श्याम शेर्पाले यसपालीको दशैंमा टिकाको दिन आज प्रथममा खरसाङको टिभी सेनिटोरियममा उपचाराधीन अवस्थामा रहेका बिमारीहरूसित दशैं पालन गरेका छन्। दशैंको दिन घरदेखि टाड़ा रहेर अस्पतालमा दशैं मनाउन बाध्य बनेका बिमारीहरूसित बसेर दशैं पालन गरेका छन्।

यस अवसरमा उनले बिमारीहरूलाई खाद्यान्न सामाग्रीहरू र मिठाईहरू पनि वितरण गरेका छन्। टिभी सेनिटोरियममा सभासद श्याम शेर्पासित सन्ध्या लेप्चा, दिपम थामी, सलीम खान, सन्तोष सेवा, भोला रावत, सञ्जय रावत पनि उपस्थित रहेका थिए। त्यसरी नै सभासद श्याम शेर्पाले दशैं मनाउन खरसाङको खहरे बस्तीस्थित सहयोगी हातद्वारा सञ्चालित वृध्दाश्रम पुगेका थिए। यस अवसरमा सभासद श्याम शेर्पाकी पत्नी मेनुका तामाङ र १८ महिनाको छोरा लगायत सन्ध्या लेप्चा, सलीम खान, दिपम थामी, सन्तोष सेवा, भोला रावत, सञ्जय रावत पनि उपस्थित रहेका थिए। उनले वृध्दाश्रममा पुगेर दशैंको अवसरमा खाद्यान्न सामाग्रीहरू अनि मिठाईहरू पनि वितरण गरेका छन्। यसरी दशैंको अवसरमा टिभी सेनिटोरियम र वृध्दाश्रममा बिमारीहरू र वृध्द वृध्दाहरूसित दशैं मनाएको विषयमा सोधिएको प्रश्नको उत्तर दिन्दै सभासद श्याम शेर्पाले दशैं सधैं एकै किसिमको हुन्छ र यसपाली केही छुट्टै प्रकारले दशैं पालन गर्ने योजना बनाएर यसरी बिमारीहरूसित दशैं मनाएको बताएका छन्। उनले अघि भने, ‘बिरामीहरुले चाढबाढमा घरदेखि टाढ़ाको अस्पतालमा हुँदा कस्तो दु:खकाे अनुभव गर्छ हाेला अनि घरपरिवारदेखि टाढा हुँदा उनीहरुलाई बिमारीसित लिनलाई हौसला पदिनलाई बिरामीहरूसित दशैं मनाएका छौं।’

सभासद श्याम शेर्पाले अघि भने, ‘वृध्दाश्रममा रहनेहरुलाई घर परिवार अनि समाजले तिरस्कार गरेर उनीहरु आश्रय लिन आश्रममा बसेका हुन्छन् र उनीहरुकाे पनि कोही छ भनेर अनुभव होस् भनी उनीहरुसितै खाना खाएको कारण खाना पुराएर मात्रै हुँदैन संगै खाँदा उनीहरुले पनि कोही छ भनेर महसुस गर्छ र जीवन जीउनु मन पराउँछ र नै हामीले यसरी दशैं मनाउन योजना बनाएका थियौं। यसरी दशैं मनाउने अवसर पाएकोमा हामी खुशी छौं।’









