हर्षोल्लासको साथमा दशैं पालन

IMG-20221005-WA0363.jpg

खरसाङ: नेपाली गोर्खाहरूको महान् चाढ़ बढ़ा दशैं धुमधामले पालन गरिएको छ। आज बुधवार दशमीको दिन दुर्गा पूजाको समापन साथै सबैले दशैंको टिका लगाएर पालन गरेका छन्। दशैंको पावन अवसरमा सम्पूर्ण नेपाली गोर्खाहरूले ठूला बढ़ाको हातबाट टिका र आशिर्वाद लिएका छन्। दशैंको अवसरमा घरदेखि टाड़ा रहेकाहरू पनि घरमा आएर परिवारसित बसेर दशैं मनाउँदै टिका लगाए। सबैले आफ्ना आफ्ना आफान्तको घरतिर कोसेलीहरू लिएर गई आशर्वादसहित टिका लगाएर दशैं मनाएका छन्।

दशैंको अवसरमा खरसाङ बजार अनि गाउँ घरतिर हर्षोल्लासको साथमा पालन गरिएको छ। गाउँ घरतिर परम्परा अनुसार मेला आयोजना गर्दै रोटे पिङमा मच्चिन्दै पालन गरिएको छ। दशैंको अवसरमा खरसाङ बजारको मिठाई दोकानहरू र मद मदिरा दोकानहरू भीड़को साथमा चलिरहेको देखिएको छ। यस वर्ष पानी झरी भए पनि दशैं हर्षोल्लासको साथमा पालन गरिएको छ ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement