पतिको असाध्यै मायाका कारण पत्नीले यसो गरिन्…

00-Doll

वासिङ्टनका एक दम्पतिले आफ्नो बिग्रँदै गएको व्यक्तिगत जीवन बचाउन नयाँ सदस्यलाई आफ्नो घरमा भित्र्याएका छन्। कुनै पनि पत्नीले आफ्नो पति बाहेक तेस्रो व्यक्तिलाई आफ्नो वरिपरि घुम्न दिँदैनन्, तर यो प्रेमको फरक सीमा हुन्छ। यहाँ एक यस्ती पत्नीको बारेमा चर्चा भइरहेको छ जसले आफ्नो पतिसँग बिग्रँदै गएको व्यक्तिगत जीवन बचाउन बेडरूममा तेस्रो व्यक्तिलाई भित्र्याएकी छिन। सबैलाई चकित पार्ने यस्तो घटना वासिङ्टनको हो, जहाँ २३ वर्षीया महिलाले आफ्ना २८ वर्षीय पति चार्लोट ग्रे क्यालम ब्ल्याकलाई यस्तो अनौठो उपहार दिएकी छिन्, जुन कुनै पनि पत्नीले आफ्नो पतिलाई दिन सक्दैनन्।

ती महिलाले आफ्ना पतिलाई आफ्नै लुकको रियलस्टिक गुडिया दिएकी छिन्, जसको मूल्य लाखौं रुपियाँ छ। यो अनौठो उपहार दिनुको पछाडिको उद्देश्य धेरै अनौठो छ। महिला भन्छिन्, ‘पतिले ज्यादै शारीरिक प्राप्तिको इच्छा व्यक्त गर्दछन्। तर यो आवश्यक छैन कि पतिका लागि उनको मन सधैं हुनुपर्छl’ पतिलाई अरू कुनै महिलामा रुचि थिएन, त्यसैले आफूले पतिलाई आफू जस्तै देखिने गुडिया उपहारमा दिइन्। यसअघि पनि ती महिलाले उनलाई गुडिया उपहार दिएकी थिइन् तर त्यो वास्तविक थिएन। यही कारणले गर्दा ती महिलाले आफ्ना पतिलाई आफू जस्तै देखिने गुडिया उपहार दिएकी हुन्।

दम्पतीले यस गुदियाको नाम ‘डी; राखेका छन्, जसको लुगा उनीहरू आफैंले फेरिदिन्छन् र आफूले चाहेको जीवन बिताउँछन्। मनपर्ने शो हेर्न जाँदा वा कार ड्राइभ गरेर कतै जाँदा पनि उनी सिटमासँगै राख्छन्। यति मात्र होइन, यी जोडीले टिकटकमा यो पुतलीसँग धेरै भिडियो पनि बनाएका छन्। पत्नीलाई यसमा कुनै समस्या छैन। उनी विश्वास गर्छिन् र भन्छिन्, ‘कसैले के भन्छ मलाई मतलब छैन, यो गुडियाको आगमनले हाम्रो जीवन राम्रोसँग चलिरहेको छl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement