नगरपालिका चुनाउबारे छलफल गर्न भाजपा सिक्किमको समन्वय बैठक सम्पन्न

n7015689201771524780809a7264b0cafc342d0d8530edcc123306c55c8669329f80303643f83c1a37534c2

नाम्ची: आज नाम्ची जिल्ला कार्यालयमा भारतीय जनता पार्टी नाम्ची जिल्लाले संगठनात्मक समन्वय बैठक आयोजना गर्‍यो। बैठकमा प्रदेश अध्यक्ष डीआर थापा, उपाध्यक्ष तथा जिल्ला प्रभारी अरुणा मंगर, महासचिवद्वय अर्जुन राई र दिनेशचन्द्र नेपाल, जिल्ला अध्यक्ष टाशी डाडुल भोटिया र पार्टीका कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
सामाजिक संजाल मार्फत प्राप्त जानकारी अनुसार बैठकमा जिल्लास्तरीय पार्टीको संगठनात्मक कार्यप्रणालीको गहन समीक्षा गरिनुका साथै वर्तमान चुनौतीहरू र आगामी मार्गचित्रमाथि विशेष छलफल गरिएको एउटा प्रेस विज्ञप्तिमा उल्लेख रहेको जनाइएको छ। बैठकमा जिल्ला अध्यक्ष र मण्डल अध्यक्षहरूले आ-आफ्नो निर्वाचन क्षेत्रको संगठनात्मक शक्तिको बारेमा प्रतिक्रिया, सुझाउ र अन्तर्दृष्टि साझा गरेको र यस क्रममा आगामी नगरपालिका चुनाउको तयारीका लागि रणनीतिहरूमाथि पनि चर्चा गरिएको कुरा जनाइएको छ।
यसैगरी अन्तमा सुत्र अनुसार प्रदेश अध्यक्ष थापाले चुनौतीहरू पार गर्न र तृणमूल स्तरमा पार्टीलाई अझ बलियो बनाउन राज्य नेतृत्वबाट पूर्ण समर्थनको आश्वासन दिएको जानकारी दिइएको छ। उनले जिल्ला र मण्डल अध्यक्षहरूले उठाएका चिन्ता र सिफारिसहरूलाई पनि सम्बोधन गरे। उनले पार्टी कार्यकर्ताहरूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको दृष्टिकोण र भाजपाको मूल आदर्श अनुरूप सिक्किमका जनताको सेवामा आफ्नो प्रयास दोब्बर बनाउन आग्रह गरे भने बैठकका क्रममा लगभग १० परिवार भाजपामा सामेल भएको जानकारी प्राप्त छ।

About Author

Advertisement